दफा २४
व्यावसायिक तालिम तथा स्वरोजगार
: (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको सीप अभिबृद्धि गरी व्यावसायिकता विकास तथा स्वरोजगारीको अवस्था सृजना गर्न व्यावसायिक तालिम उपलब्ध गराउनेछ ।
(२) नेपाल सरकारले विभिन्न पेशा वा व्यवसाय गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई निजमा रहेको सीप, क्षमता तथा पेशा, व्यवसायका लागि निजले तयार गरेको प्रस्तावका आधारमा तोकिए बमोजिम सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ ।
(३) कुनै प्रतिष्ठानले अपाङ्गता भएका व्यक्ति विरुद्ध रोजगारी तथा सोसँग सम्बन्धित कुनै विषयमा भेदभाव गर्न पाइने छैन ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै रोजगारीका हकमा सो उपदफा बमोजिमको व्यवस्था लागू नहुने गरी छुट दिन सक्नेछ ।
(५) प्रतिष्ठानले अपाङ्गता भएका कामदार वा कर्मचारीका लागि सहज ढङ्गले काम गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(६) कसैले पनि अपाङ्गता भएका कारणले मात्र कुनै व्यक्तिलाई बढुवाको अवसरबाट बञ्चित गर्न वा बढुवा गर्न इन्कार गर्न पाउनेछैन ।
(७) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारी दिने निकाय तथा संस्थाले रोजगारीका सिलसिलामा अपाङ्गता भएको कामदार तथा कर्मचारीलाई रोजगारीबाट हटाउने वा पदबाट घटुवा गर्न पाइनेछैन ।
(८) उपदफा (७) बमोजिमको अपाङ्गता भएको कर्मचारीको सन्दर्भमा देहाय बमोजिम गर्नुपर्नेछ ः-
(क) त्यस्तो कामदार वा कर्मचारी आफूले गरी आएको पदको काम सम्पादन गर्न नसक्ने गरी अपाङ्गता भएको अवस्थामा निजलाई समान तलब, सुविधा भएको अर्काे पदमा काम गर्ने गरी तोक्ने,
(ख) त्यस्तो कामदार वा कर्मचारीलाई अर्काे पदमा काम गर्ने गरी तोक्न सम्भव नभएमा निजलाई मिल्ने अर्काे पद सृजना गर्न वा निज अवकाश
नभए सम्मका लागि अतिरिक्त पद कायम गरी राख्ने।